गाउँमा हात्ती पसेपछि मानिसहरु त्रसित

IMG-20241201-WA0112

सिलगढी: सिलगढी महाकुमाको बागडोग्राको गोसाईपुरको फयरानी जोत क्षेत्रमा आइतबार बिहान जंगली हात्ती देखेपछि मानिसहरू आतंकित भए। हात्ती देखेको खबर पाएलगत्तै वनकर्मी घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिए। यस क्षेत्रमा हात्ती विरलै देखिने गरेको स्थानीयले बताएका छन्। आज बिहान हात्ती देखेपछि स्थानीय बासिन्दा निकै त्रसित भएका छन्। जाडो मौसम शुरु हुनासाथ हात्तीको समूह खानाको खोजीमा जंगलबाट बस्तीमा आउँछन्।

हात्ती बागडोग्रा जंगलबाट बाहिर निस्केर खानाको खोजीमा गाउँमा पस्यो। चिया बगान क्षेत्रमा हात्ती घुमिरहेको देखियो। त्यसपछि स्थानीय बासिन्दामा त्रास फैलियो र बागडोग्रा वन विभाग र बागडोग्रा पुलिस प्रशासनलाई यसबारे जानकारी गराइयो। वन विभागका कर्मचारी आएर हात्तीलाई जंगलमा ल्याउने प्रयास गरे। उता हात्ती हेर्नको लागि उक्त क्षेत्रमा मानिसहरुको भीड लाग्यो। कुनै अप्रिय घटना नहोस् भनेर पुलिस र वन विभागका कर्मचारी परिचालन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement