दार्जीलिङ डायोसिस क्याथोलिक एसोसिएसनको सभा सम्पन्न

IMG-20241201-WA0102

दार्जीलिङ: आज दार्जीलिङ डायोसिस क्याथोलिक एसोसिएसन (डीडीसीए)को सभा निष्कंलक गर्भधारणी पल्ली, दार्जीलिङ महागिर्जामा संघकै अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा सम्पन्न भयो। सभाको शूरूमा स्थानीय पल्ली पिता रेभ फा फ्रेडी लेप्चाको बाहुलीद्वारा उपस्थित डीडीसीएका सदस्यहरूलाई खदा लगाएर स्वागत जनाइयो भने दार्जीलिङ क्याथोलिक एसोसिएसन (डीसीए) का सभापति एड्रिन लामाले उपस्थित पल्ली संघका सदस्यहरूको परिचय गराए। संघका सचिव पीटर गिरीले गत सभाको प्रतिवेदन पठन गरे। सभामा डीडीसीएलाई अघि बढाउनु  पर्ने बारेमा चर्चा गरियो। सम्पूर्ण धर्मप्रान्तका पल्लीवासीहरूलाई डीडीसीएले गरिरहेको कामहरू, डीडीसीएको मण्डलीमा भूमिकाबारे, ख्रीस्तीयहरूको पक्षमा चालिरहेको कदमबारे अवगत गराउनु पर्छ भन्ने सुझावहरू सभामा राखियो। आउँदो दिनहरूमा पल्ली पल्लीमा गएर पल्लीवासीहरूसँग भेट्घाट गर्ने सल्लाह पनि लिइयो। यसरी नै मण्डलीका हितको निम्ति धेरै  गहकिला योजनाहरू पारित गरियो। सभाले पारित गरिएका योजनाहरू, कार्यसूचीहरू लिएर संघका सभापति, केही सदस्यहरू दार्जीलिङ /सिक्किम धर्मप्रान्तका बिशप राइट रेभ बिशप स्टेफन लेप्चासँग भेट गर्ने सल्लाह सभाले गरे। ईसाई माइनोरिटीबारे पनि केही सरसल्लाह गरियो। सभामा भूतपूर्व अध्यक्ष पेट्रिक सादा, भूतपूर्व सचिव किरण लामा ,भूतपूर्व  माइनरेटीका संयोजक पीटर कर लगायत भूतपूर्व कोषाध्यक्षा मोणिका प्रधान, सदस्य अन्न राई अनि डीसीएका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

About Author

Advertisement