हिमाली रेडपाण्डाको संरक्षणमा पाठ्यक्रम तयार ग़री पढ़ाउन शुरू

IMG-20241201-WA0021

जुम्ला: हिमाली क्षेत्रमा पाइने दुर्लभ जनावर रेड पाण्डा (हाब्रे) पाइने क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले रेड पाण्डा तथा पर्यावरण सरक्षणसम्बन्धी जानकारीमूलक अध्ययन गर्न थालका छन्। संकट अबस्थामा रहेका ती बन्यजन्तु मध्ये रेडपाण्डा संरक्षणबारे समुदाय स्तरमा सचेतना जगाउने उदेश्यले रेडपाण्डाका गतिविधिका बारेमा विद्यार्थीहरुलाई सचेत गराइँदै आएको छ।
रेडपाण्डाको बास स्थानसंग जोडिएका गाउँबस्तीका विद्यालयमा यसको संरक्षणका लागि पढाइ भइरहेको हो। रेडपण्डा पाइने जुम्लाको पातारासी र सिंजा विद्यालयका विद्यार्थीहरु संरक्षणसंम्बन्धी शिक्षा हासिल गरीरहेका छन्। पातारासी-७ मा रहेको महारुद्र आधारभूत विद्यालय पटमारा र सिंजा-२ चुलेलगाँउमा अवस्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीहरु अध्ययनरत छन्।
दुईवटा विद्यालयका कुल ४६ जना वाल वालिकाहरु रेड पाण्डा पाइने क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले रेड पाण्डा तथा पर्यावरण सरक्षणसम्बन्धी अध्ययन गरिरहेका छन्। महारुद्र आधारभूत विद्यालय पटमाराका १६ जना विद्यार्थी छन् भने श्री माध्यमिक विद्यालय चुलेल गाउँका ३० जना विद्यार्थी छन्।
समुदायमा आधारित रेडपाण्डा संरक्षणमा दुई विद्यालयका विद्यार्थीहरुले रेडपाण्डाबारे शिक्षा, सचेतना र क्रियाकलापमा सहभागी छन्। रेडपाण्डा पाइने क्षेत्रका विद्यालयमा यस्तो शिक्षाको ब्यबस्था गरिएको हो।सिंजामा दुई वर्षदेखि निरन्तर पढाइ भइरहेको छ। पातारासीमा एक वर्ष देखि सुरु गरिएको हो।
विभिन्न विद्यालयमा रेडपाण्डाको पाठ्यक्रम तयार गरी पठनपाठन भई रहेको छ। यस बिषयका अध्यापनका लागि विषयगत शिक्षकहरुलाई तामिल दिइने गरेको छ। विद्यालयलाई रेडपाण्डा नेटवर्क काठमाण्डूको साझेदारीमा हातेमालो नेपाल जुम्लाले आर्थिक सहयोगमा गरेको छ।
वातारण र संरक्षण शिक्षा विषय अध्यापन गराउने शिक्षकको व्यवस्था गरिएको छ। मासिक चार हजार ५ सय रुपैयाँ तलब स्वरूप पाउँछन्। पश्चिम् नेपालमा समुदायमा आधारित रेड्पाण्डा (हाब्रे) परियोजना कार्यक्रम अन्तर्गत दुई गाउँपालिकाका विद्यालयमा विद्यार्थीहरुलाई सेचत गराइएको हो। रेडपाण्डा संरक्षणका लागि जैविक विविधताको संरक्षण, वन प्रतिको स्थानिय निर्भरता कम गर्नु, वन जोगाउने, चोरी निकासि रोक्ने जस्ता काम गर्नु आवश्यक देखिएकोमहारूद्र आधारभूत बिद्यालय पटमाराकी छात्रा सोनुका थापा बताउछिन्।
यता, कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाका निर्देशक टेकबहादुर रावत भन्छन ‘शिक्षकमार्फत विद्यार्थी र विद्यार्थीमार्फत अभिभावकामा सचेतना पुर्‍याउने योजना छ। विद्यालयमा पाठ्यक्रम निर्माण गरी कक्षा लिईन थालिएको छ। कक्षा (६ मा चुलेल गाउँमा एक सय र पटमारा ७५ पूर्णाङ्कको रुपमा स्थानीय पाठ्यक्रम बनाइ रेडपाण्डा सम्बन्धी पठनपाठन गराइँदैछ।
निर्देशक रावतका अनुसार रेड पाण्डा नेटवर्क र साझेदार सस्थाहरुसँगको सहकार्यमा निमार्ण गरिको पाठ्यक्रम तयार पारिएको छ। आगामी दिनमा जुम्लाको तातोपानी गाउँपालिकाका विद्यालयमा पुर्‍याउने योजनारहेको छ।
चुलेलगाँउ विद्यालय कमल आचार्य र पटमारामा श्यामबहादुर थापाले अध्यापन गराउछन्। संरक्षणका क्रियाकलाप, पठनपाठन सञ्चालनका लागि हातेमालो जुम्लाले केही वर्षका लागि विद्यालयलाई आर्थिक सहयोग गर्ने बताए। तल्लो तहबाटै सरक्षणा शिक्षा प्रभावकारी गर्ने भन्दै विद्यालयमा संरक्षणका क्रियाकलाप सञ्चालन हुन्छन्।
रेडपाण्डा दिवसमा अतिरिक्ति क्रियाकलाप सञ्चालन हुने गरेको महारुद्र आधारभूत विद्यालयका आरएन थापाले बताए। विद्यालयमा रेडपाण्डाको विषयमा नियमित भित्ते लेखन लेख्ने, सूचना प्रकाशन गर्ने तथा विद्यालयको अतिरिक्त क्रियाकलपमा रेडपाण्डाको महत्व झल्कने खालका क्रियाकलाप हुन्छन्।
घरपरिवारसम्म सचेतना बढाउनका लागि यसले टेवा पुग्ने शिक्षक कमल आचार्य बताउछन। विद्यार्थीहरुले वन, वातारण र संरक्षणका विषयलाई रमाइलो मान्ने गरेको उनले बताए। कक्षाकोठा मात्र बसेर किताबमा लेखिएका जैविक विविधताका विषयमा पढ्दै आएका विद्यार्थी प्रत्यक्ष रेडपाण्डाका चरन क्षेत्र तथा बास स्थानमा पुगेर गतिविधिका बारेमा अवलोकन गर्न पाउँदा सिकाइमा थप मद्दत पुगेको आचार्यले बताए।
विद्यालयका शिक्षकहरुलाई रेडपाण्डाको महत्व, पहिचान, वासस्थान लगायतका सिप तथा जैविक विविधता बारे सचेतनाका लागि आधाभुत सिप दिलाएर प्रशिक्षकको रुपमा अघि सारिएको छ।
विद्यार्थी आफै सचेत हुन्छन, घरघरमा पुर्‍याउछन भन्ने योजना हो।’ गाँउमा रेडपाण्डाको वारे चर्चा तथा संरक्षणको काम चलिरहेकाले शिक्षक, विद्यार्थी र समुदाय स्तरमा रुचिपुर्ण रुपले लिइएको पाईन्छ। उच्च हिमाली क्षेत्रमा पाईने संकटपुर्णअबस्थामा रहेका वन्य जन्तु मध्ये रेडपाण्डा पनि एक हो । लाजालु जातको पाण्डा थोरै संख्यामा छ।
यसको संरक्षणका लागि समुदायमा आधारीत कार्यक्रमहरु सञ्चालन भइरहेको छ। ‘रेडपाण्डा हिमाली वनजंगलमा पहिले प्रशस्त पाइन्थ्यो, तर अहिले देखिन छाड्यो’, यसको संरक्षण आबश्यक छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement