पूर्व फूटबलर निम छिरिंग लेप्चाको निधन

IMG-20241201-WA0123

कालेबुङ: कालेबुङका पूर्व दिग्गज फूटबलर निम छिरिंग लेप्चाको ७९ वर्षको उमेरमा आइतवार निधन भयो। अप्पर तानेक, ६ माईल निवासी निम छिरिंग लेप्चाले आफ्नो करियरमा उत्कृष्ट प्रदर्शन गर्दै सुनाम अर्जन गरेका थिए। उनले आफ्नो करियरमा भूटान टीमको पनि प्रतिनिधित्व गरेका थिए। यसको साथमा उनले डुरण्ड कप (दिल्ली), बोरदोलोई कप (असम), सुब्रतो कप, ब्रिगेड अव् गोर्खास गोल्ड कप (दार्जीलिङ), गवर्नर्स गोल्ड कप (सिक्किम) र किंग्स बर्थडे कप (नेपाल)-मा पनि आफ्नो उत्कृष्ट प्रदर्शनद्वारा छाप छोड़ेका थिए। खेल मैदानमा स्टपरको भूमिकामा उभिएर विपक्षी फरवर्डहरू अघि पर्खाल बनिएर उभिने निम छिरिंग लेप्चा कालेबुङमा मेन रोड क्लब र जीवाईसी-को संस्थापक पनि थिए। उनले कालेबुङ स्पोर्ट्स एसोसिएशनमा अध्यक्षको पदमा लामो समयसम्म सेवा प्रदान गरेका थिए। उनको निधनले उत्तर बंगालको खेल जगतमा शोकको लहर छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement