पञ्चायत चुनावको लागि जीटीए क्षेत्र पुनः सीमांकन पहलमा अन्तर्भुक्त

दार्जिलिङ: पञ्चायत चुनावको लागि जीटीए क्षेत्रलाई पुनः सीमांकन पहलमा अन्तर्भुक्त गरिएको छ। लामो समयदेखि पञ्चायत चुनाव नभएकोले जीटीएको निम्ति ठूलो अनि महत्वपूर्ण खबर मानिएको छ। चुनाव आयोग, पश्चिम बंगालले एउटा नोटिफिकेसन जारी गरेर जीटीए क्षेत्रलाई पनि पञ्चायत चुनावको निम्ति पुनः सीमांकन प्रक्रियामा अन्तर्भुक्त गर्ने अनुमति दिएका छन्।
जीटीए क्षेत्रको निम्ति यो ठूलो उपलब्धि मानिएको छ। जीटीए क्षेत्रका पञ्चायतमा २००० देखि चुनाव नै भएको थिएन अनि यसले गर्दा ग्राम पञ्चायत क्षेत्रहरूमा जनतालाई धेरै असुविधा भईरहेको थियो। तर अब जीटीए क्षेत्रमा पनि पञ्चायत चुनाव हुने देखिएको छ। यसको जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement