नारी शक्तिको शाखा कमिटी गठन

सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुगं सन्त मेरीज समष्टि अन्तर्गत कफीबारीस्थित डाँडाधुरा गाउँ सार्वजनिक भवनमा टुगं सन्त मेरीज समष्टि नारी शक्ति उप सभानेत्री चन्द्रकला छेत्री (तामाङ) को अध्यक्षतामा एक सभाको आयोजना गरिएको थियो। सभाको सञ्चालन शाखा सचिव स्मिता तामाङले गरेका थिए। उक्त सभामा विशेष नारी शक्तिलाई अघि बढ़ाउन साथै भागोप्रमो अध्यक्ष एवं जीटीए कार्यपाल अनित थापाको दिशा निर्देशनलाई अनि उनको कर्म गर्ने शैलीलाई आत्मसम्मान गर्दै आज नारी शक्तिलाई बलियो बनाउन हेतु नारी शक्तिको कमिटी गठन गरियो। उक्त सभामा नै सर्वसहमतिद्वारा नारी शक्तिको कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभानेत्री बिध्या सुब्बा,
उप सभानेत्री पुष्पा तामाङ, सचिव स्मिता तामाङ,सह सचिव सुबला तामाङ, कोषाध्यक्ष पवित्रा छेत्री र संगिता शर्मा, प्रचार प्रसार सचिव सुधा तामाङ, साङ्गठनिक सचिव निसा तामाङ,
प्रमुख सल्लाहकारहरूमा रूपा सुब्बा, कमला तामाङ, सुदाना तामाङ लक्ष्मी थापा, चन्द्रकला छेत्री(तामाङ) लगायत
२३ जनाका कार्यकारिणी सदस्यीहरू चयन गरिएको छ भनी नारी शक्ति समष्टिको प्रचार प्रसार सचिव सोनीका प्रधानले जानकारी गराएकी छन्।

About Author

Advertisement