राजगञ्ज महिला तृणमूल कांग्रेसले ‘अपराजिता’ विधेयकलाई कानुन बनाउन माग गर्दै र्‍याली निकाले

ea1e7b43-ab2e-4fb2-8925-59745f80fbb1-1024x521

राजगञ्ज: महिला सुरक्षासम्बन्धी राज्यसभाले पारित गरेको ‘अपराजिता’ विधेयकलाई कानुनमा रुपान्तरण गर्न माग गर्दै राजगञ्ज महिला तृणमूल कांग्रेसले र्‍याली निकालिएको छ। आज राजगञ्ज महिला तृणमूल कांग्रेसले राजगञ्जको स्कूलपाराबाट निस्किएको सो र्‍याली बजार परिक्रमा गर्दै हुलाक कार्यालयमा पुगेर समापन भयो। उक्त र्‍यालीमा पार्टीका अधिकांश कार्यकर्ता तथा समर्थकहरुको सहभागिता रहेको थियो। र्‍याली पछि जनसभा आयोजना गरिएको थियो। सो सभामा ५७ जनाले सीपीएम र भाजपा परित्याग गरि तृणमूल कांग्रेसमा प्रबेश गरेका छन्।
सो क्रममा मा तृणमूल कांग्रेसका राजगंज ब्लक अध्यक्ष अरिन्दम बनर्जीले राज्यकी मुख्यमन्त्री ममता बनर्जीले सेप्टेम्बर ४मा विधानसभामा महिला र बालबालिकाको सुरक्षाको लागि अपराजिता बिल पारित गरिसकेको छबताए। उनले यो विधेयकलाई कानून बनाउन लोकसभामा पठाइएको थियो तर केन्द्र सरकारको लापरवाहीका कारण यो विधेयक अझै कानुन बन्न सकिरहेको छैन। यो विधेयकलाई महिला सुरक्षाका लागि कानुनमा परिणत गर्न माग गर्दै आज र्‍याली निकालिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement