‘साली हो भाटु हो’ समीर आचार्य र अन्नु चौधरीको स्वरमा (हेर्नुहोस् भिडियो)

Screenshot-22-copy

काठमाडौं: गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ। शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो। गायक आचार्यकै शब्द रहेको गीतमा केशव बडुको संगीत उत्पादन छ। यसमा नेपाली र थारू भाषाको मिश्रण छ।

भिडियोमा पनि थारू समुदायको रहन सहन र कला संस्कृतिलाई समेत झल्काउन खोजिएको छ। चक्र बम, उषा उप्रेती र सृजन खरेल भिडियोमा फिचर्ड छन्। जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा भिडियो बनेको हो। यसमा नवराज उप्रेतीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ।

About Author

Advertisement