कालेबुङ: सिलगढीबाट सिक्किमको गान्तोक गइरहेको बस रम्फूको अटल ब्रिज नजिक दुर्घटना हुँदा पाँचजना यात्रीको मृत्यु भएको छ। उक्त बस दुर्घटनामा परेर धेरै यात्रीहरु घाइते भएका छन्।
उक्त बस दुर्घटना आज अपराह्न भएको जानकारी प्राप्त भएको छ। रम्फुमा बस दुर्घटनाको जानकारी पाएर पुलिस, चालकवर्ग र मानिसहरूले घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाएका थिए।
जानकारीका अनुसार केही घाइते यात्रीका अवस्था गम्भीर बनेको छ। प्राप्त जानकारी अनुसार मृतकहरूमा एकजना महिला पनि छन्। विस्तृत जानकारी आउन बाँकी छ।