हैलाकांदी(असम): हैलाकांदीमा एकजना सवारी चालकमाथि कुटपिट गरेको आरोपमा दुईजना पुलिस अधिकारीहरूलाई निलम्बन गरिएको छ। हैलाकांदी जिल्लाको पंचग्राम थानाका प्रभारी पुलिस अधिकारीर एएसआईलाई सेवाबाट निलम्बित गरिएको पुलिस सूत्रले जानकारी दिए।
उक्त घटनामा प्रभारी पुलिस अधिकारी कल्पज्योति बोरा र एएसआई दिलोवर हुसैन लश्करलाई सेवाबाट निलम्बन गरिएको छ। हैलाकांदीका पुलिस अधीक्षकको आदेशमा दुबै जनालाई निलम्बन गरिेएको हो। हैलाकांदी पुलिसले यस घटनाको क्रममा दुईजना दलालहरूलाई समेत पक्राउ गरिएको छ।
स्मरणीय रहोस, केही दिनअघि मोइनुल इस्लाम लश्कर नाम गरेका एकजना चालकलाई थानामा बोलाएर राती एएसआई दिलोवर हुसैन लश्करले कुटपित गरे। सामाजिक संजालमा एउटा भीडियो अपलोड गरेको कारणले मोइनुल इस्लाम लश्करलाई पंचग्राम पुलिसले बोलाएर कुट्पिट गरयो र उनी संग २० हजार रुपियाँ लिएर थानाबाट रिहा गरेका थिए।
पीड़ित मोइनुल इस्लाम लश्करले उक्त घटनाको सम्बन्धमा हैलाकांदी पलिस अधीक्षक समक्ष उजुरी दर्ता गराए। आरोपहरूको जाँचपछि हैलाकांदी पुलिसले दुवैलाई निलम्बन गरेको छ।