दार्जीलिङको पद्मजा नायडू हिमालयन जुओलोजिकल पार्कले ६ जना नयाँ पाहुनालाई जनायो स्वागत

IMG-20241130-WA0137

दार्जीलिङ: दार्जीलिङको पद्मजा नायडू हिमालयन जुलोजिकल पार्कले ६ जना नयाँ पाहुनालाई स्वागत जनाएको छ। चिडियाखानाका अधिकारीहरू यसबाट धेरै उत्साहित छन्। वन विभाग स्रोतका अनुसार हैदराबादको नेहरू प्राणी उद्यानबाट एक जोडी सेतो रोयल बेंगल टाइगर र दुईवटा सुनौलो स्याल ल्याइएको छ। एकल सेतो रोयल बेंगल टाइगरको आगमनसँगै दार्जीलिङ चिडियाखाना देशको एक मात्र चिडियाखानाबनेको छ, जहाँ सेतो रोयल बेंगल टाइगर र साइबेरियन टाइगर रहेको छ। चिडियाखानाका अधिकारी र वन विभागका अधिकारीहरू नयाँ पाहुनाको आगमनलाई लिएर निकै उत्साहित छन्, यस महिना पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी पद्मजा नायडू हिमालयन जुओलोजिकल पार्क गएकी थिइन्। मुख्यमन्त्रीले नवजात हिउँ चितुवा र रेड पाण्डाको नाम राखेकी थिइन्, जसमध्ये एउटाको नाम डार्लिंग र अर्कोको नाम चार्मिंग छ। अगस्तमा सिंगलिला राष्ट्रिय निकुञ्जमा रेड पाण्डाले चारवटा बच्चा जन्माएको थियो। मुख्यमन्त्रीले रेडपाण्डाका चारवटा बच्चाको नाम पहाडिया, हिली, भिक्ट्री र ड्रिमी राखेकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement