बुन इङ्लिस स्कुलको आयोजनामा ​​स्वास्थ्य परिक्षण तथा रक्तदान शिविर सम्पन्न

IMG-20241130-WA0154

अलिपुरद्वार: स्वास्थ्य नै धन हो र यसैलाई ध्यानमा राख्दै अलिपुरद्वार जिल्लाको ह्यामिल्टनगञ्जमा रहेको बून इंग्लिश स्कूलले  विशेष पहल शुरु गरेको छ। स्वास्थ्य शिविरसँगै शनिबार विद्यालयको पूर्णानन्द भवनमा रक्तदान शिविर पनि आयोजना गरियो। अलिपुरद्वार लायन्स क्लब (ग्रेटर) को संयुक्त पहलमा यो रक्तदान शिविर र स्वास्थ्य जाँच शिविर आयोजना गरियो। उक्त स्वास्थ्य शिविरमा विद्यालयका विद्यार्थी, अभिभावक तथा चियाबारीमा बसोबास गर्ने विभिन्न व्यक्तिले आफ्नो स्वास्थ्य परीक्षण गराए। बून स्कुलका अध्यक्ष पवन सिंह झाले शिक्षासँगै स्वास्थ्य पनि निकै महत्वपूर्ण हुनेभएकाले विद्यालय प्रशासन र अलिपुरद्वार लायन्स क्लबको संयुक्त पहलमा नि:शुल्क शिविर आयोजना गरिएको बताए। शिविरमा विभिन्न मनोनित चिकित्सकहरुको उपस्थितिमा स्वास्थ्य परिक्षण गरिएको थियो। स्वास्थ्य परिक्षण पछि नि:शुल्क औषधी समेत वितरण गरियो। यो समाचार तयार पार्दासम्म करिब २० जनाले रक्तदान गरिसकेका छन्।

About Author

Advertisement