सोरेङ: सोरेङ जिल्लाका जिल्लापाल धिरज सुवेदीको अध्यक्षतामा आज जिल्ला प्रशासनिक केन्द्रमा आयोजित मिसन अर्गानिक भ्यालु चेन डेभलपमेन्ट फर नर्थ ईस्ट रिजन योजना अन्तर्गत जिल्ला स्तरीय अनुगमन समितिसँग समीक्षा बैठक गरे। यस अवसरमा कृषि विभागका अतिरिक्त निर्देशक प्रणया गुरूङ, पशुप्राणी एवं पशुपालन विभागका अतिरिक्त निर्देशक किशोर थापा लगाय विभागका अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। आजको यस सभामा जिल्लापालले उक्त योजना अन्तर्गत चिन्हित गरिएको फसलबारे जानकारी लिँदै चौथो चरणमा यसको महत्वबारेमा अवगत गराए। यसकासाथै उनले एमओभीसीडी –एनईआरमा जिल्लाले राम्रो प्रदर्शन गरिरहेको जानकारी दिँदै टोलीले गरेको अहिलेसम्मको कामको प्रशंसा गरे। यसबाहेक, उनले सम्बन्धित सबैलाई कृषक उत्पादक संस्थाहर मा गएर उनीहरूको गतिविधिबारे थप जानकारी लिन सम्वन्धित अधिकारीहरूलाई प्रोत्साहित गरे। यसै क्रममा टोलीका नेतृत्व विजय कुमार राईले चौथो चरणको मुख्य पक्षहरू विस्ताररूपमा जानकारी गराए।