बाल विवाहमुक्त भारतलाई लिएर सचेतना कार्यक्रम

IMG-20241129-WA0233

गान्तोक: पाकिम जिल्ला अन्तर्गत नयाँबजारमा सञ्चालित आइसीडीएस केन्द्रमा आज महिला एवं बाल विकास विभागको पहलमा बाल विवाह मुक्त भारत-लाई लिएर एक सचेतना कार्यक्रम आयोजना गरियो। यस अवसरमा महिला एवं बाल विकास विभागकी अधिकारी लैङगिक विशेषज्ञ कुसुम शर्माले आफ्नो स्वागत सम्बोधनमा बाल विवाह निषेध ऐन २००६ बारेमा विस्तृतरूपमा जानकारी गराइन्। सोही प्रकारले केस वार्कर काल्जाङ भोटियाले बलविवाह रोकथाम, तथ्य, तथ्याङ्क र न्याय वितरण प्रणालीका विषयमा विस्तृतरूपमा व्याख्या गरिन्। उनले विशेष गरेर स्तनपान गराउँदै आएकी महिला तथा गर्भवती महिलाहरूको आजको कार्यक्रममा सक्रियरूपमा उपस्थिति रहेको महिला एवं बाल विकास मन्त्रालयले यसै महिनाको २७ नोभेम्बरमा दिल्लीको विज्ञान भवनमा “बाल विवाह मुक्त भारत” का शुभारम्भ गरेको जानकारी गराइन्। आज बाल विवाह मुक्त भारत अन्तर्गत आयोजित चार दिवसीय कार्यक्रमको समापन भएको अगत गराइन्। यसरी नै गेजिङ जिल्लामा पनि बाल बिवाहमुक्त भारत अभियानको मुख्य लक्ष्य र उद्देश्य बाल विबाहलाई उन्मुलन गर्नको साथै सबै नाबालिकहरू बालविवाहको दबाबबाट मुक्त वातावरणमा हुर्कन सक्ने सुनिश्चित गर्ने लक्ष्य राखेको छ। अभियानको एक भागको रूपमा समुदायका लागि बालविवाहका हानिकारक प्रभावहरू र वयस्क नभएसम्म विवाहलाई ढिलाइ गर्ने महत्त्वबारे व्यक्तिहरूलाई सचेत गराउने उद्देश्यले एक सचेतना सत्रको आयोजना गरिएको थियो। बालविवाह विरुद्धको प्रतिज्ञा सहित कार्यक्रमको सुरुवात गरिएको थियो। कार्यक्रममा बीबीबीका पनिर्देशक-सह-नोडल अधिकारी जोशुवा लामाले बालविवाह निषेध ऐन र सामाजिक विकृति रोक्न जिम्मेवारी जस्ता कानुनबारेमा गहनरूपमा छलफल गरिन्। उनले शिक्षाको अधिकार र उज्ज्वल भविष्यको प्रवर्द्धन गर्दै बालविवाहको प्रतिरोध गर्न ज्ञान र आत्मविश्वासका साथ विद्यार्थीहरूलाई यस कार्यक्रमले सशक्त बनाएको अनुभव गरिन्। उनले बाल विवाह मुक्त अभियानबारेमा पनि प्रकाश पार्दै बालविवाह उन्मूलनको महत्व र समाजमा यस प्रकारको नकारात्मक प्रभावमाथि जोड दिइन्‌।

About Author

Advertisement