नयाँ दिल्ली: सामाजिक सञ्जालमा प्राय: सक्रिय रहने महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राको फ्यान फलोइङ अत्याधिक छ। उनी आफ्ना धेरै ट्वीटका कारण चर्चामा आएका छन्। फेरि एकपटक उनको एउटा ट्वीट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा आनन्द महिन्द्राले एउटा ट्वीट रिट्विट गर्दै सरकारलाई अनुरोध गरेका छन्। आनन्द महिन्द्राले गरेको रिट्वीटमा एउटा भिडियो शेयर गरिएको छ। भिडियोमा सडकमा सुरुङ देखिन्छ। तर नजिक पुग्दा बाटोको दुवै छेउमा रुखहरु देखिए। महिन्द्राले यसलाई ‘ट्रुनेल’ नाम दिएको छ। महिन्द्राले यो भिडियो रिट्वीट गर्दै केन्द्रीय यातायात मन्त्री नितिन गडकरीलाई ट्याग गरेको छ। यससँगै महिन्द्राका अध्यक्षले नितिन गडकरीलाई देशमा बनिरहेका नयाँ ग्रामीण सडकको किनारमा रुख रोप्न आग्रह गरेका छन्।
उनले साझा गरेको आइडिया ट्विटरमा भाइरल भइरहेको छ। उनको ट्विटमा मानिसहरुले विभिन्न तरिकाले कमेन्ट गर्दै आफ्नो कुरा राखिरहेका छन्। यो भिडियो २३ लाखभन्दा बढी पटक हेरिएको छ। साथै ४५ हजारभन्दा बढी प्रयोगकर्ताले यसलाई लाइक गरेका छन् भने एक हजारभन्दा बढीले रि-ट्विट गरेका छन्। यसमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले भारतका अधिकांश पुराना सडकहरु यस्तै रहेको लेखेका छन्। यसै क्रममा एक प्रयोगकर्ताले उनको सोचको तारिफ गर्दै सरकारले यसमा काम गर्नुपर्ने लेखे। धेरै प्रयोगकर्ताहरूले त्यस्ता पुराना सडकहरूको फोटो र भिडियोहरू पनि साझा गरेका छन्, जुन धेरै राम्रो देखिन्छ।