जीटीएमा दुई स्तरीय पञ्चायत चुनाव हुनुपर्छ: अनित थापा

खरसाङ: जीटीए प्रमुख कार्यपाल अनित थापाले एउटा विज्ञप्ति जारी गरेर राज्यका मुख्यमन्त्री अनि मुख्य सचिवलाई जीटीए क्षेत्रमा पञ्चायत चुनावको मांग गर्दै पत्राचार गरेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ-“पहाडमा अन्तिम पञ्चायत चुनाव २००० मा भएको थियो। तत्पश्चात पहाडको पञ्चायत बीडीओले चलाईरहेका छन्। दोस्रो, जीटीए क्षेत्रको पञ्चायतहरुमा निर्वाचित प्रतिनिधिहरु नभएको कारण पञ्चायतमा हुने केन्द्र अनि राज्यको योजनाहरु आउनु सकेको छैन। तेस्रो, पञ्चायत कार्यालयहरुमा धेरै रिक्त पदहरू छन्, व्यवस्था नभएको कारण नै आजसम्म यी पदहरू खाली नै रहेका छन्।
पश्चिम बंगाल चुनाव आयोगले यो समय पञ्चायती चुनावको निम्ति पुनः सीमांकनको कार्य सुरु गर्ने तयारीमा छन्। अनित थापाले दुई कुराको मांग पत्रमा उल्लेख गरेको बताएका छन् -‘यही कुरालाई केन्द्रमा राखेर मैले राज्यका माननीय मुख्यमन्त्री ममता व्यानर्जी अनि मुख्य सचिवलाई पत्राचार गरेको छु। पत्रमा मैले दुइटा कुरा मांग गरेको छु। पहिलो, पञ्चायत चुनावको निम्ति हुने पुनः सीमांकनको पहल जीटीए क्षेत्रमा पनि हुनुपर्छ। दोस्रो, जीटीएको कानुनमा प्राप्त प्रावधान अनुसार दुई स्तरीय (ग्राम पञ्चायत अनि पञ्चायत समिति) पञ्चायत चुनाव जीटीएमा पनि हुनुपर्छ।”

About Author

Advertisement