एसकेएम पार्टी खेल प्रकोष्ठका प्रतिनिधिमण्डलले खेल विभागका मन्त्री राजु बस्नेतसित भेट गरे

IMG-20240717-WA0003

गान्तोक: एसकेएम पार्टी खेल प्रकोष्ठको दोस्रो समन्वय बैठक आज गान्तोकस्थित एसकेएम पार्टी मुख्यालयमा सम्पन्न भयो। स्यारी निर्वाचन क्षेत्रका विधायक तथा एसकेएम खेल प्रकोष्ठका उपाध्यक्ष प्रभारी तेन्जिङ नोर्बु लाम्थाको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा एसकेएम खेल प्रकोष्ठका अध्यक्ष रिन्जिङ वाङ्ग्याल, महासचिव निर्मल छेत्री र एसकेएम खेल प्रकोष्ठका कार्यकारी सदस्यहरूको उपस्थिति रहेको थियो।
बैठकपछि एसकेएम खेल प्रकोष्ठको प्रतिनिधिमण्डलले सचिवालयमा पुगेर खेलकुद विभागका मन्त्री राजु बस्नेतसँग उनको कार्यालयमा भेट गरे। सो भेटको अवसरमा एसकेएम खेल प्रकोष्ठको आगामी कार्यक्रमहरूबारे छलफल भएको बताइए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement