दोस्रोपल्ट नामथाङ रातेपानी समष्टिका पन्ध्र नेत्र रोगीहरूको निशुल्कः शल्यक्रिया

n6411896651732818944235be63dc74a9461f4fb7c031fadecdf37062169e53225ebebb65f5f46c0a635fca

गान्तोक: दोस्रोपल्ट नामथाङ रातेपानी निर्वाचन क्षेत्रका १५ जना नेत्र रोगीहरूको सफल शल्यक्रिया सफल भएको छ। मेची नेत्रालयमा आँखाको सफल शल्यक्रियापछि आज उनीहरू आफ्नो घर फर्केका छन्।
मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा क्षेत्र विधायक तथा सल्लाहकार सञ्जित खरेलले आफ्नो समष्टिका आँखा रोगीहरूको शल्यक्रिया गराउन मेची नेत्रालयमा निशुल्कः शिविर आयोजन गरिएको थियो।
यसअघि पनि विधायक खरेलले २५ जना रोगीहरूको शल्यक्रिया गराएका थिए भने दोस्रो चरणका लागि १५ जना आँखाका बिरामीलाई मेची नेत्रालयमा पुऱ्याइएको थियो। उपचारमा लाग्ने सबै खर्च विधायक स्वयंले बेहोरेका छन्। आफ्नो समष्टिका गरीब परिवारका रोगीहरूले उपचारका लागि कुनै खर्च बेहोर्नु नपरोस् भन्ने उद्देश्यले विधायक खरेलद्वारा यो पहल गरेको बताइएको छ।
लाभार्थीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङ र विधायक खरेलप्रति आभार तथा कृतज्ञता व्यक्त गरेका छन्। क्षेत्र विधायक खरेलको निर्देशनमा आँखा रोगीहरुको उपचारमा पार्टीको युवा टोली खटिएको थियो भने उनीहरू बिरामीहरुको हेरचार गर्दै आज सकुशल घर फर्केका छन्।

About Author

Advertisement