नारी शक्ति खरसाङ देवराली समष्टिको सांगठनिक सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्ति खरसाङ देवराली समष्टिको सांगठनिक सभा नारी शक्ति समष्टि सभापति सुष्मा मुखियाको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा मुख्य अतिथिको रूपमा खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पा उपस्थित रहेका थिए। नारी शक्तिको समष्टि सांगठनिक सचिव ललिता छेत्रीको सञ्चालनमा सम्पन्न उक्त सभामा स्वागत सम्भाषण संगीता राई तामाङले राखेका थिए। सभामा खरसाङ देवराली समष्टिका विभिन्न स्थानहरू जस्तै चिमनी, अप्पर देवराली, लोवर चिमनी, तीन माइल बस्ती, मजुवा, सिमानाटार, चित्रे आदि स्थानहरूबाट नारी शक्तिको प्रतिनिधिहरू उपस्थित रहेका थिए। यस सभाको मुख्य उद्देश्य समष्टीको नारीहरूलाई सांगठनिक रूपमा एक सूत्रमा बाँधेर लानु अनि नारी शक्तिको सांगठनिक गतिविधिहरूलाई सक्रिय पारेर लानु रहेको बताइएको छ। नारीहरूलाई पनि अब विकासमूलक कार्यहरूमा सामेल गराएर काम पनि गर्ने साथै संगठनलाई सक्रिय बनाएर लाने रहेको बताइएको छ। सभामा प्रमुख अतिथि सभासद श्याम शेर्पा र सभाध्यक्ष नारी शक्ति समष्टि सभापति सुष्मा मुखियाले वक्तव्य राखेका थिए। सभामा नारी शक्ति समष्टि सचिव अम्बिका छेत्री र युवा शक्तिको समष्टि संयोजक दिपेस थापा विशेष रूपमा उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement