पश्चिम बङगालको कूचबिहार जिल्लामा आतङ्कवादी संगठन अलकायदाका दुई आतङ्कवादी भूमिगत

कूचबिहार: पश्चिम बङगालको कूचबिहार जिल्लामा आतङ्कवादी संगठन अलकायदाका दुई आतङ्कवादी भूमिगत भएका छन्। एसटीएफले दुवैको खोजमा अभियान चलाएको छ।

केही दिन अघि उत्तर २४ परगनाबाट पक्राउ पर्ने रकीबले सोधपुछमा एसटीएफलाई अलकायदाका आतङ्कीहरू मौज उर्फ सैफुद्दीन र हसन उर्फ नूर कासिम कूचबिहारमा रहेको खुलासा गरेको थियो। सूत्रहरू अनुसार, एसटीएफले दुई दिन अघि दुवैलाई समात्न छापा मारेको थियो। तर, एसटीएफ आइपुग्न अगावै उनीहरू भूमिगत भए।

एसटीएफका अधिकारीहरूले बताए अनुसार, रकीबले नै उनीहरूलाई धेरै वर्ष अघि कूचबिहार जिल्लाको सीताई लिएर आएका थिए। दुवै २०१७ देखि यहाँ बसिरहेका थिए। क्षेत्रमा बस्नका लागि उनीहरू मदरसामा पढ्नका साथै मस्जिदमा इमामको पनि काम हेर्न थाले। सैफुद्दीन र नूरले सीताई क्षेत्रका दुई महिलासॅग विवाह पनि गरेका छन्। दुई मध्ये एकको पिताको घर उत्तर २४ परगना र दोस्रोको घर असम रहेको थाहा लागेको छ। दुवै आतङ्की बांग्लादेश निवासी हुन्।

About Author

Advertisement