खरसाङ पञ्चायत समितिबाट ‘आई लभ रंगटङ्ग’ बोर्डको निर्माण र उदघाटन

IMG-20241128-WA0205

खरसाङ: खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट घैयाबारी ग्राम पञ्चायत दुईको रंगटङ्गमा निर्माण गरिएको ‘आई लभ रंगटङ्ग’ को उदघाटन गरिएको छ। उक्त ‘आई लभ रंगटङ्ग’ लेखेको बोर्डको उदघाटन खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानको बाहुलीबाट गरिएको छ। उनीसितै कर्माध्यक्षहरु भक्तिमान तामाङ, साजन दर्जी, एन्ड्रुहाङ सुब्बा,पञ्चायत समिति सदस्यहरु कुसाङ लामा, अनिरा तामाङ, दिक्षा छेत्री र घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा पनि विशेष रूपमा उपस्थित रहेका थिए। रंगटङ्ग’क्षेत्रमा आउने पर्यटकहरुका लागि भनेर खरसाङ खण्ड पञ्चायत समितिको‌ तर्फबाट अझ धेरै पर्यटकहरु आयोस् भनेर उक्त ‘आई लभ रंगटङ्ग’ को बोर्ड निर्माण गरिएको जानकारी प्राप्त भएको छ। उक्त बोर्ड विशेष गरेर खरसाङ खण्ड पञ्चायत समितिको कर्माध्यक्ष एंव घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत समिति सदस्य साजन दर्जीको पहलमा निर्माण गरिएको बताइएको छ। ‘आई लभ रंगटङ्ग’लेखिएको बोर्ड उदघाटनपछि पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले यो बोर्डको लागि खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान र कर्माध्यक्ष साजन दर्जीलाई धन्यवाद दिएका छन्।‌ उनले हाम्रो ग्राम पञ्चायत क्षेत्रमा खरसाङ खण्ड पञ्चायत समितिको‌ तर्फबाट माया गरेर तीनवटा प्रोजेक्ट दिएको बताएका छन्। उनले खरसाङ खण्ड पञ्चायत समितिको विभिन्न विकास परियोजनाहरु हाम्रो क्षेत्र दुई नम्बरमा नै शिलान्यास गरिएको जानकारी गराएका छन्। उल्लेखनीय छ सिलगढीदेखि रङटङ्ग र शिवखोला घुम्न आउने स्थानीय पर्यटकहरुका लागि ‘आई लभ रंगटङ्ग’ लेखिएको छ। अब झन पर्यटकहरु बढ्न सक्ने सम्भावना देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement