खरसाङको कफिबारीमा चितुवाको आक्रमणबाट महिला घाइते

IMG-20241125-WA0256

खरसाङ: खरसाङको कफिबारी चियाबारीस्थित कालीटार गाउँ निवासी मणिकुमार प्रधानकी जेठी बुहारी तथा रञ्जन प्रधानकी पत्नी अप्सरा भूजेल(३५) लाई दिउँसो प्रायः बाह्र बजीतिर चितुवाले आक्रमण गरेर घाइते बनाएको समाचार प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार उनी घर छेउ सड़क माथिको झोड़ीमा दाउरा खोज्न गएकी थिइन्। त्यसै समय चितुवाले आक्रमण गर्दा तिनी घाइते भएकी हुन्। भुजेललाई शरीरको पछाड़िको भाग अनि अनुहारतिर चोट लागेको बताइएको छ भने तिनीहरूलाई तुरुन्तै उपचारको निम्ति खरसाङ महकुमा अस्पताल पुऱ्याइएको जानकारी अम्बटे निवासी सुदर्शन प्रधानले दिएका छन्। स्मरण रहोस्-अम्बटे चियाबारी गत एक वर्षदेखि बन्द भएको कारण सम्पूर्ण चियाबारीलाई झार जङ्गलले ढाकेको छ। चियाबारी प्रायः जङ्गलमा परिणत भएको छ। स्थानीय मानिसहरू अनुसार यहाँ प्रायः प्रत्येक दिन चितुवा तथा अन्य वन्य प्राणीहरूले घर पालित पशु-पंक्षीहरू खाइदिने गरेको छ। यसरी अम्बटेको चियाबारी जङ्गलमा परिणत भएपछि अम्बटे लगायत वरिपरी क्षेत्रका मानिसहरूलाई पनि निक्कै डर भएको छ भने अहिले आएर मान्छेमाथिनै यसरी आक्रमण गर्न थालेपछि त्यहाँका मानिसहरू धेरै भयभित बन्न थालेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement