पद्मसम्भवको मुर्ति स्थापनाका लागि भुमिपूजन

IMG-20241125-WA0273

मंगन: मंगन जिल्लाको चुङथाङमा अवस्थित गुरू पद्मसम्भवको तीर्थ स्थानमा २५ फिट अग्लो गुरू सम्पालुन्दुपको मूर्ति स्थापना गर्न नयावजे लाचुङ रिन्पोछेको बहुलीबाट भूमिपूजन सम्पन्न गरिएको छ। यस अवसरमा चुङथाङमा अवस्थित रिकजिङ छोइलिङ गोन्पाको लामागण, भूतपूर्व पञ्चायत, सभापति लेन्डुप लेप्चा, वर्तमान जिल्ला पञ्चायतगण, पञ्चायत, सभापति, गोन्पाका मणि आनाहरू लगायत चुङथाङ वरिपरिका वासिन्दाहरूको पनि उपस्थिति रहेको थियो। यस प्रकारको मूर्ति चुङथाङमा पहिलो पटक निर्माण हुन लागिरहेको छ। मूर्ति स्थापनाका लागि गान्तोकको टिबेट रोड निवासी केबी घले अनि उनको परिवारले आफ्नी आमा पासाङकित लेप्चाको स्मृतिमा जमिन दान गरेका छन्।

About Author

Advertisement