शीतकालीन सत्रमा भाग लिन लोकसभा सांसद सुब्बा दिल्ली प्रस्थान

IMG-20241124-WA0207

गान्तोक: लोकसभा सांसद इन्द्रहाङ सुब्बाले संसदको शीतकालीन सत्रमा भाग लिन दिल्ली पुगेका छन्। संसदको शीतकालीन सत्र भोलि सोमबारदेखि शुरू हुनेछ। आज उनले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको प्रतिनिधित्व गर्दै लोकसभा र राज्यसभामा विभिन्न घटक दलका नेताहरूको बैठकमा भाग लिए। बैठकको अध्यक्षता केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले गरेका थिए भने बैठकमा संसदीय मामिला मन्त्री किरण रिजिजु पनि उपस्थित थिए। सांसद सुब्बाले यस वर्षको शुरुमा आफ्नो चुनावी अभियानका क्रममा उठाइएका एजेन्डा पूरा गर्ने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संसदमा सिक्किमको प्रतिनिधिको रूपमा राज्यका प्रमुख मुद्दाहरू उठाउनमा आफ्नो ध्यान केन्द्रित गर्दै यस वर्षको शुरुमा मनसुन र बजेट सत्रमा आफ्ना प्रश्नहरूको जवाफमा केन्द्रीय नेताहरू र मन्त्रालयहरूले दिएका आश्वासनहरूमाथि काम गर्ने योजना पनि बनाएको उल्लेख गरेका छन्। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा आफू सिक्किमको हितमा काम गर्न दृढ़ संकल्पित रहेको र सिक्किमका जनताको प्रतिनिधित्व गर्दै काम गर्ने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement