गान्तोक: पाकिम हवाई अड्डा प्राधिकरणको निर्देशक सञ्जय कुमार मिश्राले आज राज्यका राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टचार भेट गरे। राजभवनवमा भएको यस भेटको मुख्य उद्देश्य हवाई सेवा सञ्चालन गरिने र वर्तमान स्थितिबारे राज्यपाललाई जानकारी गराउनु रहेको थियो। राज्यपालले यस प्रकारको सेवा सिक्किममा शुरू गरिनुपर्ने सुझाउ राख्दै आएका थिए। यसरी सिक्किम राज्यमा स़ञ्चालित फेरि हुन गइरहेको हवाई सेवाको निम्ति खुशी प्रकट गर्दै राज्यपालले प्रसन्नता जनाए। हवाई अड्डाका निर्देशकले सिक्किमबाट शीघ्र बुद्ध एयर, इन्डिगो, इस्कायन वन, व्लेड एयरवेज लगायत अन्य हवाइ सेवाहरू सञ्चान गर्ने राज्यपाललाई जानकारी गराए। यी सबै सेवाहरूको निम्ति हाल सबैसँग वार्ता चलिरहेको र शीघ्र यी सेवाहरू सञ्चालन गर्न सकिने कुरामा राज्यपाललाई विश्वास दिलाए।