लखनउ: उत्तर प्रदेशमा शनिबार राति अनौठो घटना भएको छ। उत्तर प्रदेशको बरेली र बदायुंको सीमामा दर्दनाक घटना भएको हो।
यहाँस्थित रामगंगा नदीमा फरिदपुर-बदायु्ंको दातागञ्जलाई जोड्ने अधुरे निर्माणधीन पुलबाट ट्याक्सी परमिट लिएको कार नदीमा खसेको हो।अधुरो पुलबाट कार खस्दा त्यसमा सवार तीनजनाको घटनास्थलमै ज्यान गएको छ। समाचार अनुसार उक्त कारमा सवार यात्रुहरू गुगल म्यापको सहयोगमा गन्तब्यतिर गइरहेका थिए। उनीहरूलाई उक्त अधुरो पुलबारे जानकारी थिएन।
तीव्र गतिमा रहेको उक्त कार अधुरो पुलबाट सिधै तल नदीमा खसेको पाइएको छ। तीव्र गति भएकैले चालकले कारलाई रोक्न नसकेको स्रोतले उल्लेख गरेका छन्।
तीव्र गतिमा रहेको कार जब अधुरो पुलको भाग सकिने स्थानमा पुग्यो, तब २५ फिट तलको रामगंगा नदीमा गएर बजारियो। त्यसक्रममा कारमा सवार चालकसहित सबै तीनजनाको घटनास्थलमै मृत्यु भएको स्रोतले उल्लेख गरेको छ।