गान्तोक: इस्ट पोइन्ट स्कूल याङगाङको वार्षिकोत्सव समारोह विविध कार्यक्रमका साथ पालन गरियो। आजको कार्यक्रममा सचिव विकास बस्नेत प्रमुख अतिथिको रुपमा उपस्थित थिए।कार्यक्रममा विभिन्न सांस्कृतिक तथा शैक्षिक प्रस्तुति, प्रेरक वार्ता र अन्तरक्रियात्मक सत्रहरु प्रस्तुत गरिएको थियो।आफ्नो सम्बोधनमा मुख्य अतिथि बस्नेतले आफुले प्रारम्भिक शिक्षा पूरा गरेको यस विद्यालयसँगको पुरानो सम्झनाहरू साझा गर्दै यस स्कूलसित आफ्नो गहिरो सम्बन्ध रहेको बताए। उनले कार्यक्रममा उपस्थित हुन पाउँदा सम्झनाहरु ताजा भएको बताउँदै विद्यालय परिवारलाई न्यानो स्वागत तथा अभिनन्दनका लागि धन्यवाद दिए। कार्यक्रममा मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बा, प्रेरक वक्ता डा. तशम्पा मेगी, जिल्ला पञ्चायत सदस्या पेमडोमा तामाङ, पञ्चायत सभापति डीआर गुरूङ, श्रीपताम जीपीयुका पञ्चायत सदस्य, पूर्व युवा संयोजक अनिल गुरूङ, शिक्षकहरू, विद्यार्थीहरू र अभिभावकहरूको उपस्थिति रहेको थियो।