राष्ट्रिय युवा महोत्सव २०२५ को लागि सिक्किमको तयारी शुरु

IMG-20241122-WA0268

गान्तोक: राष्ट्रिय युवा महोत्सव २०२५ अन्तर्गत हुने विभिन्न कार्यक्रमलाई लिएर केही दिन अघि केन्द्रीय खेलकुद मन्त्री डा मनसुख मन्दावियाले ‘विकसित भारत युवा नेता संवाद’ को घोषणा गरेका थिए। उक्त कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानीको भारत मण्डपममा तीन हजार युवा नेताहरूसँग अन्तरक्रिया गर्नेछन्। उक्त कार्यक्रमबारे सिक्किम सरकारका खेलकूद एवं युवा मामिला विभागले आज नाम्चीमा एक प्रेस सम्मेलनमा जानकारी दिएको छ। जसमा स्पोर्टस अथिरिटी अफ इन्डिया र स्पोर्टस ट्रेनिङ सेन्टरका प्रतिनिधिहरु सहभागी थिए। खेलकूद एवं युवा मामिला विभागका सहनिर्देशक वसन्त प्रधानले आगामी कार्यक्रमको रुपरेखाबारे प्रकास पारे। उक्त महोत्सव आगामी ११ र १२ जनवरीको दिन हुने जानकारी पनि दिएका छन्। यस कार्यक्रमले नेतृत्व विकास तालिम प्रदान गर्नेछ। ‘विकसित भारत युवा नेता संवाद’ को मुख्य उद्देश्यहरू प्रस्तुत गर्दै युवा प्रतिभाहरूको पहिचान गर्ने उद्देश्य राखेर कार्यक्रम गरिएको पत्रकार सम्मेलनमा बताएका छन्। यस अवसरमा नेहरु युवा केन्द्र नाम्चीका युवा समन्वयक सुरज बर्मनले जिल्ला र राज्यस्तरमा गरिने का प्रतियोगिताको बारेमा जानकारी गराए। युवाहरूका लागि मुख्य आकर्षण प्रधानमन्त्रीसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने र भारतको भविष्यका लागि आफ्ना विचारहरू प्रस्तुत गर्ने अवसर हुनेछ। जसले गर्दा राजनीति र नागरिक जीवनमा युवाहरूको संलग्नता बढ्ने हताइएको छ। आज यस कार्यक्रमबारे जानकारी दिइयो। जसमा द्रोणाचार्य अवार्ड विजेता सन्ध्या गुरुङ र फुबल खेलाड़ी करिश्मा राई पनि सहभागी भइन्। उक्त कार्यक्रको शुरु क्विज प्रतियोगिताबाट गरियो। विकसित भारत युवा नेता संवाद राष्ट्रिय युवा महोत्सव २०२५ अन्तर्गत रहेको छ। पहिलो समूहमा भर्खरै घोषणा गरिएको विकसित भारत कार्यक्रम आयोजन गरिनेछ। दोस्रो समूहमा जिल्ला र राज्यस्तरीय युवा महोत्सवहरूबाट उदीयमान प्रतिभाशाली युवाहरूलाई सामेल गराएर शुरु गरिनेछ। जहाँ उनीहरूले चित्रकला, विज्ञान प्रदर्शनी, सांस्कृतिक प्रदर्शन, भाषण प्रतियोगिता आदि जस्ता विभिन्न विधाहरूमा प्रतिस्पर्धा गर्नेछन्। तेस्रो समूहमा उद्यमशीलता, खेलकुद, कृषि र प्रविधिलगायत विविध क्षेत्रका युवा आइकनहरू समावेश हुनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement