प्रदेश अध्यक्ष थापाले जनाए भाजपा-को राष्ट्रिय कार्यशालामा सहभागिता

IMG-20241122-WA0265

गान्तोक: भारतीय जनता पार्टीको नयाँ दिल्लीस्थित केन्द्रीय कार्यालयमा आज सङ्गठन पर्वलाई लिएर आयोजित राष्ट्रिय कार्याशालमा पार्टीका सिक्किम प्रदेश अध्यक्ष डीआर थापाले पनि सहभागिता जनाए। पूर्व विधायक थापाको साथमा प्रदेश भाजपा-का स्टेट रिटर्निङ अफिसर तथा पूर्व मन्त्री नरेन्द्र कुमार सुब्बा साथै अन्य सदस्यहरूले कार्यशालामा सहभागिता जनाएका थिए।
राष्ट्रिय स्तरको यस कार्यशालालाई भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले अध्यक्षता गरेका थिए भने पार्टीका शिर्ष नेताहरूले सहभागिता जनाएका थिए।

About Author

Advertisement