मेदांता अस्पतालले बढायो पूर्वी भारतमा न्यूरोलजिकल केयर

IMG-20241122-WA0170

कोलकाता: भारत विश्वका ती देशहरूमध्ये एक हो, जहाँ पार्किन्सन रोगको प्रभाव धेरै छ। यहाँ धेरै बिरामीहरूमा कम उमेरमै मोटर लक्षण देखा पर्न शुरु हुन्छ। तर, डीप ब्रेन स्टिमुलेसन (डीबीएस) जस्तो उपचारबारे चेतना अभाव देखिन्छ। मेदांता अस्पताल, गुरुग्राममा यो अत्याधुनिक न्यूरोस्टिमुलेसन प्रक्रिया डा. अनिरबन दीप ब्यानर्जीद्वारा गरिन्छ, जसले न्यूरोलजिकल विकारबाट पीडित बिरामीहरूको उपचार गरिरहेको एक प्रेस विज्ञप्तिमा बताएको छ। कोलकाताका काजल बारन मजूमदार, जसलाई डीबीएस प्रक्रियाद्वारा विकलांग हुने स्थितिबाट बचाइएको थियो, अब आत्मनिर्भर जीवन बिताइरहेका छन्। मेदांता अस्पताल, जुन भारतको अग्रणी सुपर-स्पेशियलिटी अस्पतालहरूमध्ये एक हो, न्यूज़वीकद्वारा भारतको उत्कृष्ट निजी अस्पतालको रूपमा मान्यता प्राप्त छ। यो अस्पताल डीबीएस थेरापीका लागि प्रसिद्ध छ र अत्याधुनिक प्रविधिसँग व्यक्तिगत हेरचाह प्रदान गर्दै आइरहेको छ।

इन्स्टिच्युट  अफ न्यूरोसाइन्सेस, मेदांता गुरुग्रामका निर्देशक- न्यूरोसर्जरी डा अनिरबन दीप ब्यानर्जीले भने, ‘‘न्यूरोलजिकल विकार विश्वभर विकलांगताको प्रमुख कारणमध्ये एक हो। पछिल्ला दशकहरूमा यी रोगहरूको भार उल्लेखनीय रूपमा बढेको छ। भारतमा यी रोगहरूले कुल रोगहरूको लगभग १० प्रतिशत हिस्सा ओगटेका छन्। श्री मजूमदार जस्ता बिरामीहरूका लागि डीबीएस एक मान्यताप्राप्त र प्रभावकारी उपचार हो। तर, यसको उपलब्धता ठूलो चुनौती बनेको छ, विशेषगरी कम र मध्यम आय भएका देशहरूमा। मेदांता अस्पतालमा, हामी डीप ब्रेन स्टिमुलेसन जस्ता अत्याधुनिक विधिहरू प्रयोग गरी बिरामीहरूको जीवनलाई गुणस्तरीय बनाउन प्रतिबद्ध छौं।’’

प्रेस विज्ञप्तिका अनुसार, सेवानिवृत्त ब्यनक अधिकारी काजल बारन मजूमदारलाई ५० वर्षको उमेरदेखि नै पार्किन्सनका मोटर लक्षण देखिन थालेका थिए। उनले भने, ‘‘मेरो पितालाई पनि यो रोग थियो, त्यसैले मलाई थाहा थियो कि यो मलाई पनि हुनसक्छ।’’ पार्किन्सन रोगको उपचारका लागि डीबीएस गराएपछि उनले भने, ‘‘म पैदल हिँड्न मन पराउँछु। तर, पार्किन्सनका कारण मेरो मेरुदण्ड झुकिसकेको थियो र म पूर्ण रूपमा ओछ्यानमा सीमित हुने अवस्थामा पुगेको थिएँ। त्यसबेला मलाई याद आयो कि गुरुग्रामको मेदांता अस्पतालमा डा ब्यानर्जीले मेरो साथी अशोक कुमार सेनको जीवन परिवर्तन गरेका थिए। सर्जरीपछि केही हप्तामा नै मेरो लक्षणहरू सुधार भए। अब प्रत्येक तीन महिनामा ब्रेन पेसमेकरको ट्युनिङले मेरो लक्षणहरू नियन्त्रणमा छन्। म कागजमा हस्ताक्षर गर्न सक्छु, लामो दूरीसम्म पैदल हिँड्न सक्छु, र परिवारसँग छुट्टी मनाउन सक्छु।’’

डीबीएसको माध्यमबाट अशोक कुमार सेनको सर्वाइकल डिस्टोनिया सुधार भएको छ। यो समस्या उनको घाँटी एक दशकसम्म ९० डिग्री बायाँ तर्फ घुमेको थियो। उनले भने, ‘‘५० वर्षको उमेरमा मेरो हात काँप्न थालेपछि र घाँटीमा झट्का लागेपछि मलाई चिन्ता भयो कि रिटायर भएपछि म परिवारमा बोझ बन्नेछु। बोटोक्स थेरापी र औषधी प्रयोग गरेपछि मैले डा ब्यानर्जीलाई भेटें, जसले मलाई यो समस्याबाट मुक्ति दिलाउनुभयो।’’ सर्जरीपछि उनको घाँटी सामान्य अवस्थामा फर्कियो, र उनलाई औषधि लिनु नपर्ने भयो। उनका लक्षणहरू समय-समयमा ब्रेन सिग्नल ट्युनिङद्वारा नियन्त्रण गरिन्छ, जुन मेदांता अस्पतालको मासिक ओपीडीमार्फत कोलकातामा डा ब्यानर्जीले गर्छन्। डीप ब्रेन स्टिमुलेसनले धेरै बिरामीहरूको जीवनमा सुधार ल्याएको छ, र यो अत्याधुनिक उपचार न्यूरोलजिकल विकारहरूको क्षेत्रमा एक महत्वपूर्ण योगदान साबित भइरहेको प्रेस विज्ञप्तिमा ब्ताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement