पत्नीको हत्या गर्ने पति पक्राउ

IMG-20241104-WA0112

कामरूप(असम): कामरूप (ग्रामीण) जिल्ला अन्तर्गत बोकोको दारीगाउँ क्षेत्रमा एकजना महिलाको लाश तलाउबाट उद्धार गरिएको मामिलामा पुलिसले मृतकाका पतिलाई पक्राउ गरेको छ। महिलाका पतिमाथि महिलाको हत्या गरेको आरोप लगाइएको छ। मृतक रेनू दास (४०) नामक महिलाको लाश उसको घर सामु अवस्थित तलाउमा भेटिएको थियो। घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमले महिलाको लाशलाई कब्जामा लिएर पोस्टमर्टम गर्न अस्पतालमा पठाइदियो। मिर्जाको धनतोला क्षेत्रमा बस्ने मृतकाका पिताले पति र उसको परिवारका सदस्यहरूमाथि शारीरिक एवं मानसिक अत्याचार सहित उसको हत्या गरेको आरोप लगाएका छन्।
मृत महिलाका पिताद्वारा हत्याको आरोप लगाउँदै दर्ता गरिएको प्राथमिकीको आधारमा बोको पुलिसले मृतकाका पति विपुल दासलाई जाँचबुझकोलागि हिरासतमा लियो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

About Author

Advertisement