हत्याका आरोपीलाई मृत्युदण्डको सजाय दिने माग गर्ने बाग्राकोट निकालियो जुलुस

IMG-20241122-WA0182

जलपाईगढी: सिलगढीमा हत्याको घटनाको आगो डुवर्ससम्म पुगेको छ। पुष्पा छेत्रीमाथि निर्मम अत्याचार गर्नेलाई मृत्युदण्डको माग गर्दै बाग्राकोट पञ्चायतका सदस्य र सर्वसाधारणले आज आवाज उठाएका छन्। उनी सिलगढीको एक ब्युटी पार्लरमा काम गर्थिन् र भानु नगर क्षेत्रमा बस्थिन्। गत ७ नोभेम्बरमा निर्मम यातना दिएर हत्या गरिएको समाचार छ। पुलिसले घटनामा संलग्न तीन जनालाई यसअघि नै पक्राउ गरिसकेको छ। दोषीलाई मृत्युदण्डको माग गर्दै बाग्राकोटका जनताले आवाज उठाएका छन्। आज बाग्राकोट ग्राम पञ्चायतका सबै सदस्यहरू सर्वसाधारणसँगै जुलुसमा सामेल भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement