वन विभागले चितुवालाई उद्धार गरी जंगलमा छाड्यो

IMG-20241122-WA0183

अलिपुरद्वार: चिलापाता रेन्जका वन कर्मचारीले अलिपुरद्वारको मथुरा चिया बगानको ब्लक १ मा खोरमा राखिएको चितुवाको उद्धार गरी चिलापाताको गहिरो जंगलमा छाडेका छन्। मथुरा चिया बगान क्षेत्रमा चितुवा देखिएपछि चिया बगानका मजदुरदेखि स्थानीयवासी सबैको आतंकमा दिन बितिरहेको छ। चिलापाता रेन्ज वन अधिकारीलाई स्थानीय बासिन्दा र चिया बगानका मजदुरले गुनासो गरेपछि चिलापाटा रेन्जका वन अधिकारीले उक्त क्षेत्रमा चितुवा समात्न खोर राखे। केही कामदारले खोरमा चितुवा देखेपछि वन विभागलाई खबर गरे। चितुवालाई वनकर्मीले घटनास्थलबाट उद्धार गरे।

About Author

Advertisement