हङकङ जाने ताइक्वाण्डो खेलाड़ीहरूलाई मुख्यमन्त्रीले गरे आर्थिक सहयोग

IMG-20241121-WA0260

गान्तोक: आगामी ३० नोभेम्बरदेखि ४ दिसम्बरसम्म चीनको एउटा प्रमुख शहर हङ्कङमा आयोजना हुने विश्व ताइक्वाण्डो पुम्से च्याम्पियनशीपमा देशलाई प्रतिनिधित्व गर्ने सिक्किमका खेलाड़ी अनि सिक्किम अमेच्यर ताइक्वाण्डो एसोसिएशनका सदस्यहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी आवास मिन्तोकगाङमा भेट गरे। भेटघाटमा मुख्यमन्त्रीले खेलाड़ीहरूलाई शुभकामना व्यक्त गर्दै आर्थिक सहयोग पनि प्रदान गरे। उल्लखनीय छ, हिजो मात्र खेलाड़ीहरूको साथमा सिक्किम अमेच्यूर ताइक्वाण्डो एसोसिएशन (साटा)का सदस्यहरूले पत्रकार सम्मेलन गरेर सरकारको सहयोगको कामना गरेको थियो।
विश्व ताइक्वाण्डो पुम्से च्याम्पियनशीपमा सिक्किमका जम्मा नौजना खेलाड़ीले भारतलाई प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिताको निम्ति आगामी २६ नोभेम्बरको दिन सिक्किमे टोली नयाँ दिल्ली प्रस्थान गर्नेछ जहाँ भारतीय टोलीमा सामेल भएर उनीहरू हङ्कङ जानेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement