खरसाङ: खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारमा अवैध तरिकाले फुटपाथतिर राखेको पसलहरु कार्यसितै आजदेखि पञ्जीकृत पसलहरुको ट्रेड लाईसेन्स पनि चेक गर्न थालिएको छ। खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानको अगुवाइमा नगरपालिकाको सेनेटरी इन्स्पेक्टर रमेश सुब्बा, एसआई सञ्जय मुखिया,विशाल मुखिया, सोनाम लामा आदिको टिमले आज पनि बजारमा हिँड्ने बाटोतिर अवैध तरिकाले फुटपाथतिर राखेको पसलहरु हटाएको छ। यसका साथै बजारमा पञ्जीकृत पसलहरुको ट्रेड लाईसेन्स पनि चेक गर्ने कार्य गरिएको छ। यसावधि ट्रेड लाइसेन्स नभएका पसलहरु नगरपालिकाद्वारा सिल गरिएको छ भने ट्रेड लाईसेन्स रिन्यु नभएकाहरुलाई झट्टै रिन्यु गर्ने आदेश जारी गरिएको छ। यसका साथै बजारमा रहेका पसलहरुमा मियाद सकिएको सरसामानहरु जफ्त गरिएको छ। यो अब जारी रहने भएको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानले खरसाङ नगरपालिकाद्वारा आज पनि अवैध पसलहरु हटाउने कार्य गरिएको बताएका छन्। उनले आज नगरपालिकाद्वारा पञ्जीकृत पसलहरुको ट्रेड लाईसेन्स पनि चेक गरिएको र ट्रेड लाईसेन्स नभएको पसलहरु सिल गरिएको बताएका छन्। उनले आजको चेकमा धेरै पसलहरुको ट्रेड लाईसेन्स रिन्यु नभएको पाइएको र पसलेहरुले झट्टै ट्रेड लाइसेन्स रिन्यु गर्नुपर्ने बताएका छन्। सुवास प्रधानले नगरपालिकाले आज बजारको पसलहरुमा राखिएको सरसामानहरुको बिक्री मियादको पनि चेक गरिएको र मियाद सकिएको सरसामानहरु जफ्त गरिएको जानकारी गराए। उनले यो क्रम अब लगातार रुपमा चल्ने भएको पनि जानकारी गराएका छन्। उनले जुन पसलहरुको ट्रेड लाईसेन्स रिन्यु गरेको छैन झट्टै नगरपालिका आएर रिन्यु गर्नुपर्ने बताएका छन्। उनले जनसाधारण हिँड्ने फुटपाथतिर राखिएको पसलहरु हटाउने कार्य लगातार रुपमा गरिने र यसको साथै पञ्जीकृत पसलहरुको ट्रेड लाईसेन्स पनि चेक गरिने र ट्रेड लाईसेन्स नभएको पसलहरु सिल गरिने जानकारी गराएका छन्।










