मेगीडाँड़ामा निर्मित रिन्छेन छोइलिङ गुम्पाको उद्घाटनको तयारी

IMG-20241121-WA0258

गान्तोक: मेगीडाँडा परिसरमा अवस्थित रिन्छेन छोइलिङ गुम्पाको उद्घाटन कार्यक्रमलाई लिएर गुम्बा प्रबन्धनको तयारी तीव्र भएको छ। गुम्पा प्रमुख टुल्कु साङ्गे योङतेन ग्यात्सो रिम्पोछे अनि क्षेत्र विधायक लोकनाथ शर्माले तयारी कार्यको जायजा लिएका छन्। पश्चिम सिक्किमको गेजिङ-बर्मेक तथा रिन्चेनपोङ समष्टिको सिमानामा अवस्थित मेगीडाँडा परिसरमा पुननिर्मित रिन्छेन छोइलिङ गुम्पाको आगामी एक दिसम्बरको दिन मुख्यमन्त्री प्रेमसिंह तामाङले उदघाटन गर्ने भएका छन्। उल्लेख्य छ, मुख्यमन्त्री तामाङले गत २१ सितम्बरमा गुम्बाको शिलान्यास गरेका थिए। यस ऐतिहासिक धार्मिक अनुष्ठानको निम्ति तयारीलाई लिएर आज क्षेत्र विधायक लोकनाथ शर्मा तथा गुम्पा प्रमुख टुल्कु साङ्गे योङतेन ग्यात्सो रिम्पोछेले निरीक्षण भ्रमण गरे। गुम्पाको निर्माण कार्य तथा समारोह तयारी कार्यको जायजा लिएपछि रिम्पोछेले यस महत्वपूर्ण धार्मिक अनुष्ठानमा सहभागी भईदिन समस्त श्रद्धालुहरूलाई आह्वान गरे। यसैगरी क्षेत्र विधायक लोकनाथ शर्माले मुख्यमन्त्री तामाङको मार्गदर्शनमा गुम्पाका प्रमुख रिम्पोछेको विशेष पहलमा यो गुम्पा नयाँ स्वरूपमा तयार भएको अवगत गराउँदै यस ऐतिहासिक धार्मिक अनुष्ठानमा सहभागी भईदिन सबैमा निमन्त्रणा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement