आइजोल(मिजोरम): खिल्ली राम मीनालाई मिजोरमको नयाँ मुख्य सचिव नियुक्त गरिएको छ। १९९३ ब्याचका आईएएस अधिकारी मीना एजीएमयूटी (अरुणाचल प्रदेश, गोवा, मिजोरम र केन्द्र शासित प्रदेश) क्याडरका अधिकारी हुन्।
आफ्नो मूल क्याडरमा पठाइनु अगाड़ी मीना अल्पसंख्यक मामिलाहरूको मन्त्रालयमा अतिरिक्त सचिव पदमा तैनात थिए। मुख्य सचिव रेणु शर्माको सेवानिवृत्तिपछि मिजोरम सरकारले राज्यको उच्च र तकनीकी शिक्षा तथा मत्स्य पालन विभागका आयुक्त सचिव एच लालेंगमावियालाई मुख्य सचिवको अन्तरिम प्रभार सुम्पेको थियो। उल्लेख्य, मिजोरम सरकारले केन्द्रसित १९९२ ब्याचका मणिपुर क्याडरका आईएएस अधिकार वुमलुनमंग वुअलनमलाई मुख्य सचिव बनाउने अनुरोध गरेको थियो।









