केन्द्रीय राज्यमन्त्री बघेल आइपुगे सिक्किम

n640221280173221084244751858ca693c0a4dd33a524c0b5ce89224057b706f2c6e040df4aaf4a17473821

गान्तोक: संयोगवश आज विश्व मत्स्यपालन दिवसकै दिन भारत सरकारको मत्स्यपालन, पशुपालन, डेयरी एवं पञ्चायती राज राज्य मन्त्री प्रोफेसर एसपी सिंह बघेल तीन दिने सिक्किम भ्रमणमा गान्तोक आइपुगेका छन्। यस तीन दिनको अवधिमा उनले उत्तर सिक्किमको मंगन जिल्लामा जिल्ला प्रशासन साथै स्थानीय जन प्रतिनिधिहरूसँग भेटघाट गर्नेछन्।
केन्द्रीय राज्य मन्त्रीको साथमा उनको निजी सचिव रोहित देव झा र अतिरिक्त निजी सचिव वसुधा वालियन पनि सिक्किम आएका छन्।

आज साँझ गान्तोक आइपुग्दा केन्द्रीय मन्त्रीलाई अन्य अधिकारीहरूको साथमा सिक्किम सरकारको पशुपालन एवं पशु चिकित्सा विभागका सचिव डा. सरमन राईले स्वागत जनाएका थिए।

About Author

Advertisement