कृषि विभागका योजनाहरूलाई लिएर जागरुकता कार्यक्रम आयोजित

n64000139117321271880560e675c97e43676fd4fed15c70232aa9822a2675d229b7f82b727a722e3a9076a

गान्तोक: कृषि विभागले आत्माको समन्वयमा हिजो नान्डोक बीएसीमा कृषि विभागका विभिन्न योजनाहरूलाई लिएर एक जागरुकता कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा स्यारी निर्वाचन क्षेत्रका विधायक तेन्जिङ नर्बु लाम्था मुख्य अतिथि थिए।यस अवसरमा एसएचजीले आफ्ना विभिन्न उत्पादहरू प्रदर्शनीमा राखेका थिए। मुख्य अतिथि तथा विधायक लाम्थाले स्टलहरूको भ्रमण गरेर एसएचजीका सदस्यहरूको समर्पणको सराहना गरे।विधायक लाम्थाले नान्डोक ब्लकका कृषकहरूको कल्याणको निम्ति उक्त कार्यक्रम आयोजना गरेकोमा कृषि विभागप्रति कृतज्ञता व्यक्त गरे। उनले कृषकहरूलाई पनि विभागका विभिन्न योजनाहरूबाट लाभ उठाउन र आफ्नो आर्य आर्जनलाई बढाउन आह्वान गरे। उनले नान्डोक ब्लकका कृषकहरूको लाभका लागि सहायता गर्ने वचन पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement