मुख्यमन्त्रीले राज्यवासीलाई दिए महान साकेवा पर्वको शुभकामना

n6400013891732102129951bfb72901caee8f051fcf3bfa76336cfea34deccd84aef6797dff089aafa657a6

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले साकेवा पर्वको शुभ अवसरमा राज्यवासीहरू, विशेषगरि राई समुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, ‘साकेवा माता प्रकृतिसॅंग हाम्रो गहिरो बन्धनको उत्सव हो, जसले उहाँलाई जीवनको अन्तिम स्रोत र मानवताको संरक्षकको रूपमा सम्मान गर्दछ। बढ्दो वातावरणीय चुनौतीहरूको बीचमा, हामी यस पवित्र अवसरलाई प्रकृतिको संरक्षण र दिगो, सामंजस्यपूर्ण जीवन शैलीलाई प्रोत्साहित गर्ने हाम्रो प्रतिबद्धतालाई पुन: पुष्टि गर्न प्रयोग गरौं।’ यस पर्वले राज्यका मानिसहरूका लागि खुशीले भरिएको भविष्यको मार्ग प्रश्स्त गर्दै सबैमा खुशी, सकारात्मकता र समृद्धि लिएर आओस् भनी उनले कामना गरेका छन्।

About Author

Advertisement