स्रष्टा सम्वर्द्धन समितिद्वारा पत्रकार गिरीलाई श्रद्धार्पण

IMG-20241120-WA0333

गान्तोक: पत्रकार एवं कलाकार हेमन्त गिरीलाई श्रद्धार्पण गर्न बुधवार स्रष्टा सम्वर्द्धन समितिले गान्तोकमा श्रद्धाञ्जलि सभा आयोजन गऱ्यो। समितिका अध्यक्ष चुनिलाल घिमिरेको अध्यक्षतामा सम्पन्न सभामा साहित्यकार प्रद्युम्न श्रेष्ठ, पत्रकार भीम राउत, केके गिरी, जीवन कटुवाल र कलाकार रूपा तामाङले पत्रकारिता, समाजसेवा एवं नाट्य क्षेत्रमा गिरीको योगदानमाथि आ-आफ्नो विचार राखे। सभामा समाजसेवी तथा अवकाशप्राप्त सचिव सीपी ढकाल, समितिका महासचिव विमल काफ्ले, साहित्यकार रत्न लक्सम, जीविका अश्रु, लुइस विष्ट, खुशेन तिम्सिना, भीम प्रधान, पत्रकार अर्जुन राई यावा, प्रदीप रसाइलीलगायत स्व. कवयित्री विणाश्री खरेलका परिवारका सदस्यहरूको उपस्थिति थियो। यस अवसरमा वास्तुकार किरण रसाइली र साहित्यकार विणाश्री खरेलको जीवनीमाथि प्रकाशन गरिने पुस्तकबारे चर्चा गरिएको थियो। समितिका अध्यक्ष चुनिलाल घिमिरेले पुस्तक प्रकाशनबारे विस्तृत रूपमा प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement