छिन्ताईको आरोपमा दुई डिलीभरी ब्वोय पक्राउ

IMG-20241104-WA0112

गुवाहाटी(असम): छिन्ताईको अलग-अलग मामिलामा गुवाहाटीको चाँदमारी पुलिसले दुईजना स्विगी डिलीभरी ब्वोयलाई पक्राउ गरेको छ। चाँदमारी थानाको एक टीमले राजगढ़ रोडमा धारिलो हतियार देखाएर एउटा सुनको चेन छिनेको तथा दुईवटा सुनको बाला लुटेको मामिलामा कामपुरका भास्कर कलिता (२६)- लाई पकाउ गऱ्यो।
यसको साथै लुटपाटमा प्रयोग गरिएको हतियार र स्कुटी पनि पुलिसले जफत गऱ्यो। पक्रा पर्ने स्विगी डिलीभरी ब्वोयको रूपमा काम गर्दछ। यसरी नै चाँदमारी थानाको एक टीमले सरनियाबाट मोबाइल छिन्ताईको एक मामिलामा उमरांग्शूका अर्जुन मालाकार नामक व्यक्तिलाई पक्राउ गरेको छ। उसको कब्जाबाट छिनेको मोबाइल फोन र अपराधलाई परिणाम दिनको लागि प्रयोग गरिएको स्कुटी जफत गरिएको छ। पक्रा पर्ने दुवै स्न्याचरले स्विगी डिलीभरी ब्वोयको रूपमा काम गर्दै आइरहेका थिए। पुलिसले यस सम्बन्धमा दुई अलग-अलग प्राथमिकी दर्ता गरी मामिाको जाँच गरिरहेको छ।

About Author

Advertisement