हनी ट्रायप घटनाको अनुसन्धान प्रतिवेदन समाप्त

IMG-20241120-WA0253

काठमांडू: ललितपुरको भैँसेपाटीमा प्रहरी समेतको मिलेमतोमा भएको हनी ट्रयाप घटनाको अनुसन्धान टुंगिएको छ। सीआईबीको अनुसन्धान प्रतिवेदनमा प्रहरी इन्स्पेक्टर बिनु शाहीसहित ६ जनालाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा प्रतिवादी बनाउन सिफारिस गरिएको छ । यसमध्ये चारजना पक्राउ छन् भने प्रहरी इन्स्पेक्टर बिनुकुमारी शाही र दर्शन पोखरेल फरार छन्। भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनीट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो। व्यवसायीलाई ‘बला’त्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा उनकै सहयोगीहरु सहायक हवलदारसहित चारजना थुनामा छन्। ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट ३० लाख रुपैयाँ असुलेको घटनामा प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका थिए।
घटना सार्वजनिक भएपछि उनलाई प्रभागको प्रमुखबाट हटाइएको थियो। जिल्ला प्रहरी परिसर ललितपुरले छानबिन समिति पनि बनाएको थियो। छानबिन समितिले पटकपटक सोधपुछका लागि बोलाउँदा पनि उनी उपस्थित भएकी थिइनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement