युकेएफसीद्वारा खेल मैदान अभ्यासको लागि दिएकोमा गोथल्स स्कूलप्रति आभार प्रकट

WhatsApp-Image-2024-11-19-at-19.54.58

खरसाङ: युनाइटेड खरसाङ फुटबल क्लब (युकेएफसी) ले हालैमा आसनसोलमा फुटबल टुर्नामेन्ट जितेर खरसाङ आएपछि खरसाङको गोथल्स मेमोरियल स्कूल पुगेर प्रधान अध्यापक ब्रदर माइल्स अलाम्सलाई भेटेर धन्यवाद ज्ञापन गरेका छन्।‌ युकेएफसीको टिम र अफिसियलहरु गोथल्स पुगेर प्रधान अध्यापकले युकेएफसीलाई दैनिक रुपमा अभ्यास गर्नलाई खेल मैदान उपलब्ध गराइदिएको तथा धेरै कुराहरुमा गाईड र सपोर्टको लागि धन्यवाद ज्ञापन गरेका छन्।‌ विशेष गरेर स्कूलको खेल मैदान दैनिक रुपमा अभ्यास गर्नलाई दिएर युकेएफसीलाई ठूलो साथ र सहयोग गरेको बताइएको छ।‌ युकेएफसी टिम र अफिसियलहरु गोथल्स मेमोरियल स्कूल पुगेर प्रधान अध्यापक साथै स्कूल सञ्चालनकर्ताहरुलाई भेटेर धन्यवाद ज्ञापन गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement