पूर्वप्रधान अध्यापक अशोक गुरुङलाई सम्बर्द्धनासहित विदाई

WhatsApp-Image-2024-11-19-at-19.54.21

खरसाङ: लगभग ४३ वर्ष शिक्षादान गरी आफ्नो शिक्षण पेशाबाट अवकाश ग्रहण गरेपछि गाउँवासी लगायत सम्पूर्ण भूतपूर्व विद्यार्थीहरुद्वारा भूतपूर्व प्रधान अध्यापक एवं समाजसेवी अशोक गुरुङलाई सम्मानसहित बिदाई गरिएको छ। नेहुर बालासन चियाबगानको सरकारी प्राथमिक पाठशाला लीलावती प्राथमिक पाठशालाका वर्तमान प्रधान शिक्षक लगायत सम्पूर्ण सहशिक्षक लगायत बालासन चियाबारीका गाउँलेले एक आधिकारिक रूपमा विदाई दिन्दै भूतपूर्व प्रधान शिक्षक अशोक गुरुङलाई सम्बर्द्धना पनि जनाएको छ। स्कूल संचालन समितिका अध्यक्ष एसबी मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरु बालासन चिया बगानका पूर्व सह प्रबन्धक सुबिध राई, साहित्यकार विनोद सागर राई, पञ्चायत प्रधान पेम्बा लामा, अथितिहरु रन्जु तामाङ, एबी राई, एनबी तामाङ, एसके चाम्लिङ, आरके तामाङ, सन्तबहादुर राई आदिको विशेष उपस्थितिमा सर्वप्रथम अथितिहरुद्वारा माता सरस्वतीको प्रतिकृतिमा धुप दिप प्रज्वलन गर्दै वर्तमान प्रधान अध्यापक अरुण राईले स्वागत सम्बोधन राखे। कार्यक्रममा शिक्षक शिक्षिकाहरुद्वारा सामूहिक गीत प्रस्तुत गर्दै कार्यक्रम अध्यक्ष एसबी मोक्तानको बाहुलीबाट विदायी प्रधान शिक्षक अशोक गुरुङलाई सम्बर्द्धना पत्र लगायत स्कूलको पक्षबाट मायाको चिनो प्रदान गरे। आफ्नो सम्बोधनमा अशोक गुरुङले लीलावती प्राथमिक पाठशालाले यत्तिका वर्षसम्म गरेको संघर्ष उतार चडाउको व्याख्या गर्दै गाउँको नानीहरुको निम्ति स्कूलको कमी भएको महसुस गरेर गाउँको निम्ति केही गर्नुपर्छ भनेर गाउँमा बुजुर्गहरुको एउटा कमिटी बनाएर यही एउटा स्कुल बनाॐ भन्ने सोच राखेको र स्व आरएन प्रधानले आफ्नी श्रीमतीको नाममा स्कुल बनाउने वचन दिएको जसको नाम लीलावती थियो। यही ग्राउन्डमा नै एक छेउमा बासको चिमले बारेर स्कूल बनाएर पठन पाठन शुरु गरेको र बिस्तारै बिस्तारै कक्षा एकदेखि दुई हुँदै बडाउदै लगेको बताए।‌

उनले गाउँमा चन्दा संग्रह गरेर शिक्षकहरुलाई दिने गर्थ्यौ, त्यसताक दुई रुपियाँ उठाउथ्यौ, स्कुल संचालन गर्न निकै कठिन पर्न थाल्यो। विभागहरुतिर गएर हामीले डेपुटेशन पनि दिने गर्थ्यौl १९ वर्षसम्म लीलावती स्कूलले सरकारी मान्यता पाउन सकेन र यसपछि सन् २००० को मार्च महिनामा तत्कालीन पार्षद एनबी खवासको सत्प्रयासले वहाँको शिक्षाप्रतिको दूरदशिताले लीलावती स्कूलले सरकारी मान्यता प्राप्त गरेको स्मरण गर्दै आफूले शिक्षा प्रदान गरेको शिक्षार्थीहरु वर्तमान समयमा धेरै ठुलो ठुलो ओहोदामा पुग्न सफल भएकोमा अशोक गुरुङ गर्व महसुस गर्छन् । उनले लगभग ४३ वर्षसम्म बालासन क्षेत्रमा शिक्षाको क्षेत्र लगायत सामाजिक कार्य,आध्यात्मिक कार्यमा निस्वार्थ भावले दिएको योगदानको कदर गर्दै आज उनले अवकाश प्राप्त गरेकोमा उनलाई विद्यालयले भाव विभोर भएर अश्रुपूर्ण विदायी दिन परेकोमा गाउँबासी समेतको आँखा आशुले भिजेको थियो। उक्त विदायी एवं सम्बर्द्धना कार्यक्रममा अशोक सरका पूर्व विद्यार्थीहरु क्रमैले सुमोध गुरुङ,निकेश साप्कोटा,बरुण गुरुङ, सुदिप गुरुङ ,प्रणाम तामाङले विभिन्न नेपाली गीतहरु लगायत सेक्सोफोनमा धुनगरु प्रस्तुत गरे। पाठशालाका मसिना नानीहरुले नृत्यहरु प्रस्तुत गरे।वर्तमान सहशिक्षकहरु क्रमैले शैलेन्द्र गुरुङ ,श्रद्धा गुरुङ,सुवानी राईले पनि गीत तथा नृत्य हरु प्रस्तुत गरे। कार्यक्रमको संचालन सहशिक्षकद्वय सुबानी राई र दिनेश छेत्रीले गरेका थिए।

About Author

Advertisement