पुलमा भ्वाङ परेपछि झापास्थित चन्द्रगढी विमानस्थल जोड्ने सडक अवरुद्ध

IMG-20241119-WA0233

भद्रपुर: पूर्वी नाका झापाको काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी-भद्रपुर सडक खण्ड अंतर्गत हडिया पुलमा भ्वाङ परेको कारण सो सड़क अवरुद्ध भएको छ।
भद्रपुर र मेचीनगर नगरपालिकाको सिमानामा पर्ने हडिया नदीको पक्की पुलको पश्चिम भागमा विगत एक वर्षअघि भ्वाङ परेको होl समयमा मर्मतसम्भार नगरिदा अहिले पुलबाट चार चक्के सवारी साधन आवतजावत अवरुद्ध भएको छ।
भ्वाङ बढेर पुलबाट गाडी वारपार गर्न नसकिने अवस्था सिर्जना भएको कारण बस र सानो आकारका गाडीले सेवा बन्द गरेको छ। धुलाबारीबाट ज्यामिरगढी हुँदै भद्रपुर जाने टेम्पो, म्याजिक भ्यानलगायतका सवारीसाधनले उत्तरी झापाका सर्वसाधारणलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल, मेची बहुमुखी क्याम्पस, जिल्ला प्रशासन, मालपोत, नापीलगायतका सरकारी कार्यालय जान सुविधा पु¥याउँदै आएका थियोl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement