गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग आज सिक्किम फुटबल एसोसिएशन (एसएफए) का अध्यक्ष मेनला इथेन्पा र उपाध्यक्ष अर्जुन रोकाले राजभवनमा शिष्टाचार भेट गरेको अवसरमा एसएफएका प्रतिनिधिहरूले राज्यपाललाई राजधानीको पाल्जोर स्टेडियममा जारी ४०औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट २०२४ को फाइनल म्याचको आयोजनको बारेमा विस्तृत जानकारी दिॅंदै राज्यपाललाई निमन्त्रणा पनि दिए। राज्यपालले एसएफएको निमन्त्रणलाई स्वीकार गर्दै ५ लाख रूपियॉं सहयोग राशि प्रदान गरे।