डा. दिव्य पोख्रेललाई विद्या भारती सिक्किमले दियो बधाई

IMG-20240717-WA0003

गान्तोक: विद्या भारती सिक्किमले डा. दिव्य पोख्रेललाई एआईआईएमएस, नयॉं दिल्लीद्वारा सञ्चालित आईएनआई-सीईटी परीक्षामा सामान्य वर्गमा ९९.८ प्रतिशत अङ्क हासिल गर्दै अखिल भारतीय स्तरमा १२०औं स्थान हासिल गरेकोमा हार्दिक बधाई व्यक्त गरेको छ।यो उनको ठूलो उपलब्धी रहेको र सबैको निम्ति गौरवको विषय बनेको बताउॅंदै विद्या भारती सिक्किमले डा. पोख्रेललाई हार्दिक बधाई एवं उज्जवल भविष्यको कामना गरेको छ।विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले जानकारी गराए अनुसार, डा. दिव्य पोख्रेलले आफ्नो प्राथमिक शिक्षा कालेबुङ जिल्लाको कागेस्थित देवका सरस्वती शिशु मन्दिरबाट प्राप्त गरेकी हुन्। विद्या भारतीको मार्गदर्शन, स्थानीय समाज र विद्यालय सञ्चालन समितिद्वारा सञ्चालित उक्त विद्यालयमा संस्कारयुक्त शिक्षाको माध्यमद्वारा सुनागरिक निर्माणको शुभारम्भ सरस्वती शिशु मन्दिरमै भएको थियो।

About Author

Advertisement