यूएफा नेशन्स लीगः स्पेनको रोमाञ्चक जीत, पोर्तुगलको ड्र

photocollage_2024111912747445

स्प्लिट (क्रोएशिया): यूएफा नेशन्स लीग फूटबल प्रतियोगितामा स्पेनले रोमाञ्चक जीत हासिल गऱ्यो जबकि पोर्तुगलले क्रोएशियासँग पोइण्ट बाँड़्नु पऱ्यो। ग्रुप ए१-मा सोमवार राति पोर्तुगल र क्रोएशियाबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। प्रतियोगितामा अगावै क्वार्टर फाइनलमा पुगिसकेको हुनाले पोर्तुगललाई यस ड्र-ले कुनै फरक परेन। यसको विपरीत क्रोएशियाले चाहिँ म्याच ड्र गरेर क्वार्टर फाइनलको टिकट हासिल गऱ्यो। स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएर यस अवे म्याचमा खेल्न ओर्लिने पोर्तुगलको निम्ति जोआओ फेलिक्सले ३३औं मिनटमा गोल गरे। यसरी क्रोएशियाबाट जोस्को ग्वार्डियोलले ६५औं मिनटमा गोल गरे। यस ग्रुपको अन्य एउटा रोमाञ्चक म्याचमा स्कटल्याण्डले पोल्याण्डलाई २-१-ले पराजित गऱ्यो। यस अवे म्याचमा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने स्कटल्याण्डबाट जन म्याकजिनले तेस्रो अनि एण्ड्रू रोबर्टसनले अन्तिम समय (इञ्ज्युरी टाइमको तेस्रो मिनट)-मा गोल गरे। यसरी पोल्याण्डबाट कामिल पिटकोवस्कीले ५९औं मिनटमा गोल गरे। ग्रुप ए१-मा पोर्तुगल ६ वटा म्याचमा १४ पोइण्ट्सको साथ शीर्षमा रहेको छ। यसरी क्रोएशिया ८ पोइण्ट्स लिएर दोस्रो स्थानमा रहेको छ।
यसरी ग्रुप ए४-को म्याचमा स्पेनले आफ्नो अजेय अभियान जारी राख्दै स्विट्जरल्याण्डविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने स्पेनिश टीमबाट येरेमी पिनोले ३२औं र ब्रायन गिलले ६८औं मिनटमा गोल गरे। यसरी स्विट्जरल्याण्डबाट जोएल मोण्टेरियोले ६३औं र एण्डी जेकिरीले ८५औं मिनटमा गोल गरे। यसरी ९० मिनटको खेल समाप्त हुँगासम्म स्कोर २-२-को बराबरीमा रहेको थियो। त्यसपछि इञ्ज्युरी टाइमको तेस्रो मिनटमा ब्रायन जारागोजाले पेनल्टीबाट गोल गरी स्पेनलाई जीत दिलाए। यस ग्रुपमा सर्बिया र डेनमार्कबीच खेलिएको म्याच चाहिँ गोलरहित ड्र (०-०)-मा समाप्त भयो। यस ग्रुपबाट अगावै क्वार्टर फाइनलमा पुग्ने स्पेन ६ वटा म्याचमा १६ पोइण्ट्सको साथ शीर्षमा कायम छ। यसरी डेनमार्क ८ पोइण्ट्स लिएर दोस्रो स्थानमा रहेको छ। ग्रुप सी३-मा नर्दर्न आयरल्याण्ड र लक्जमबर्गबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो। म्याचमा नर्दर्न आयरल्याण्ड एक समय २ गोलले अघि रहे पनि लक्जमबर्गले पछिबाट लगातार २ गोल गरी म्याच ड्र गऱ्यो। यस ग्रुपमा बुल्गेरिया र बेलारुसबीच खेलिएको म्याच पनि १-१-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement