दुई वटा बस एकापसमा ठोक्किँदा २४ जना पर्यटक गम्भीर घाइते

IMG-20241117-WA0200

अलिपुरद्वार: राष्ट्रिय राजमार्ग नम्बर ३१ को चलताला क्षेत्रमा दुईवटा बस एकापसमा ठोक्किँदा २४ पर्यटक गम्भीर घायल भएका छन्l उनीहरुको अलिपुरद्वार जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यो अलिपुरद्वार जिल्लाको शमुकतला पुलिस स्टेशन अन्तर्गत राष्ट्रिय राजमार्ग नम्बर ३१ को चलताला क्षेत्रमा भएको हो। गुहाहाटी कामाख्या मन्दिर दर्शन गर्न गुजरातबाट २ वटा बसमा ९० जना पर्यटक आएको बताइएको छ।

गुवाहाटीबाट फर्कदै गर्दा गंगासागर जाँदै गरेको पर्यटक बसले चलताला क्षेत्रमा अचानक ब्रेक लगाएपछि देवघर जाँदै गरेको पर्यटक बसले अगाडिबाट आएको बसलाई ठक्कर दिएको समाचार छ। मध्यरातमा सुतिरहेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्। घाइतेहरूलाई तुरुन्तै उद्धार गरी पहिले स्थानीय ग्रामीण अस्पताल र त्यसपछि अलिपुरद्वार जिल्ला अस्पतालमा उपचारका लागि ल्याइयो। प्रारम्भिक उपचारपछि जिल्ला अस्पतालबाट १२ जना डिस्चार्ज भएका छन्। हाल अलिपुरद्वार जिल्ला अस्पतालमा १८ महिला र ६ पुरुषको उपचार भइरहेको छ। जसमध्ये तीन जनाको अवस्था चिन्ताजनक छ। घाइते सबै गुजरातको अहमदाबाद क्षेत्रका बासिन्दा हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement